हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको नगरसभा पुस २५ गते बस्ने भएको छ। नगर प्रवक्ता सविन न्यौपानेका अनुसार पुसमा गरिने बजेट संशोधनका लागि नगरसभा ६ महिनामा बस्ने प्रचलनअनुसार बैठक आह्वान गरिएको हो।
पुस २२ गते बसेको बैठकले नगरसभा बोलाउने निर्णय गरेको र सोही निर्णयअनुसार नगरसभाको आन्तरिक तयारी भइरहेको उनले जानकारी दिए।
उनका अनुसार जेनजी आन्दोलनका कारण भएको क्षतिपछि बजेट हेरफेर गर्नुपर्ने अवस्था आएपछि बैठक केही ढिलाइ भएको हो। “जेनजी आन्दोलनले धेरै क्षति पुगेकाले त्यसलाई समायोजन गर्दै बजेट संशोधन गर्नुपर्दा नगरसभा ढिला हुन पुगेको हो,” प्रवक्ता न्यौपानेले भने।
जेनजी आन्दोलनबाट भएको क्षतिलाई समेट्दै सबै पक्ष मिलाउनुपर्ने भएकाले यसपटक नगरसभा केही ढिलाइ भएको जानकारी दिइएको छ।
प्रतिकृया दिनुहोस्










