मकवानपुरमा ६२ किलो गाँजा बेवारिसे 

मकवानपुर ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६२ किलो १६० ग्राम प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहान करिब १०:१५ बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा हेटौंडा उपमहानगरपालिका–१९ स्थित जनहित सामुदायिक बनमा बेबारिसे अवस्थामा राखिएको गाँजा फेला पारेको हो।

प्रहरीले उक्त लागू औषध बरामद गरी नियन्त्रणमा लिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.