हेटौंडा । हेटौंडा–९ मा महिलाहरूका लागि “लिंगमा आधारित हिंसा” विषयक सचेतनामूलक कार्यक्रम आज सम्पन्न भएको छ। सिआन पुनर्स्थापना केन्द्रद्वारा सञ्चालित तथा रिकभरिङ नेपाल र भिभ हेल्थकेयर (Positive Action) को सहयोगमा महिलाहरूका लागि ड्रप–इन सेन्टरमार्फत कार्यक्रम आयोजना गरिएको हो।
महिला समूहका ४० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा रिकभरिङ नेपाल तथा बी.डी.एस. का प्रतिनिधि किरण थापाले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा दुर्व्यसनका कारण हिंसाको जोखिममा परेका महिला, पुरुष तथा तेस्रो लिंगी समुदायका विषयमा विस्तृत प्रस्तुति दिइएको थियो।
कार्यक्रममा सिआन पुनर्स्थापना केन्द्रका कार्यकारी निर्देशक शौजन डिसी, डि.आई.सी. फोकल पर्सन तान्या अग्रवाल, रिकभरिङ नेपालका कार्यसमिति सदस्य निरन्जन तामाङ र रोशन सिलवाल, साथै प्रदेश फोकल पर्सन मनिस मान श्रेष्ठको उपस्थिति थियो।
कार्यक्रम पश्चात सहभागी महिलाहरूले यस्ता कार्यक्रमबाट आफ्नो सचेतना स्तर उल्लेखनीय रूपमा बढेको प्रतिक्रिया दिएका छन्। आयोजक संस्थाले लिंगमा आधारित हिंसा विरुद्ध जनचेतना फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।











