हेटौंडा । हेटौंडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाजले विद्यालयलाई ५० थान गमला तथा हजारी वितरण गरेको छ।
विद्यालयको २०५९ सालको ब्याचका पूर्व विद्यार्थीहरूको आयोजनामा तथा सागर पौडेलको सौजन्यमा उक्त सामग्री वितरण गरिएको हो।
पूर्व विद्यार्थी समाजका अध्यक्ष सुदिप ठकुरीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा–५ का वडा अध्यक्ष सुशील घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रबिन्द्र पोख्रेल, प्रधानाध्यापक भरत प्रसाद अर्याल, महिला उद्यमी मेनका श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले विद्यालयको शैक्षिक तथा वातावरणीय विकासमा पूर्व विद्यार्थीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गरेका थिए।
प्रतिकृया दिनुहोस्









