लागू औषधसहित अटो चालक पक्राउ

 

मकवानपुर । मकवानपुर प्रहरीले लागू औषध गाँजासहित एक जना अटो चालकलाई पक्राउ गरेको छ।

सोमबार बिहान करिब १०:३० बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१९ स्थित बासुदेवटोल क्षेत्रमा कुवापानीबाट बस्तिपुरतर्फ आउँदै गरेको ना २ ह २६२९ नम्बरको अटो रोकी जाँच गरेको थियो।

जाँचका क्रममा अटो चालक हेटौंडा–१९ निवासी ५३ वर्षीय चन्द्र बहादुर मोक्तानमाथि शंका लागी रीतपूर्वक खानतलासी गर्दा अटोभित्र रातो प्लाष्टिकमा पोका पारी लुकाइछिपाई ल्याइएको अवस्थामा प्रतिबन्धित लागू औषध गाँजा ५ किलो ६० ग्राम फेला परेको प्रहरीले जनाएको छ।

फेला परेको लागू औषध तथा अटो सहित चालक मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.