हेटौंडामा भेटिएको खतरा लेखिएको संकास्पद वस्तु ढुंगा मात्रै

हेटौंडा ।हेटौंडा–१६ हटियामा मंगलबार बिहान फेला परेको ‘खतरा’ लेखिएको संकास्पद वस्तुभित्र ढुंगा मात्र रहेको पुष्टि भएको छ।

बिहान करिब ५:१५ बजे धरान–चतरा सडक खण्डको बीच भागमा सेतो कपडाले बेरिएको र बाहिर ‘खतरा’ लेखिएको वस्तु भेटिएपछि स्थानीयमा त्रास फैलिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, उक्त वस्तुको सुरक्षित व्यवस्थापन (डिस्पोज) का लागि नेपाली सेनासँग समन्वय गरी बिहान ८:१० बजे डिस्पोज गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी श्याम बहादुर खत्रीले जानकारी दिँदै कपडाले बेरिएको उक्त वस्तुभित्र ढुंगा मात्रै रहेको बताए। प्रारम्भिक अनुसन्धानअनुसार, ‘खतरा’ लेखेर सडकमा राखिएको उक्त वस्तु भ्रम फैलाउने उद्देश्यले राखिएको देखिएको छ र कुनै पनि खतरापूर्ण सामग्री नभएको पुष्टि भएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.