मकवानपुरमा ११ हजार घुससहित दुई जना नियन्त्रणमा

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला मकवानपुरबाट घुससहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

हेटौंडा उपमहानगरपालिका–११ स्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत छैटौं अमृत भेटुवालले सवारी सरुवा सहमति गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको कार्यालय हेटौंडाबाट खटिएको टोलीले कारबाही गरेको हो।

टोलीले बिचौलियाको भूमिका निर्वाह गरिरहेका लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई सेवाग्राहीबाट रु. ११,५०० (एघार हजार पाँच सय रुपैयाँ) घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको जनाएको छ। उक्त रकम सवारी सरुवा सहमति मिलाइदिने बहानामा लिइएको बताइएको छ।

घटनामा संलग्न अधिकृत अमृत भेटुवालसमेतलाई नियन्त्रणमा लिइएको छ। दुवै जनालाई मंगलबार नियन्त्रणमा लिँदा ३ थान मोबाइल सेटसमेत बरामद गरिएको आयोगले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.