मकवानपुरमा २ बजेसम्म ४० प्रतिशत मतदान

मकवानपुर । जिल्लामा आज अपराह्न २ बजेसम्म करिब ४० प्रतिशत मतदान भएको छ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार हालसम्म करिब एक लाख २६ हजार मतदाताले मतदान गरिसकेका छन्।

मकवानपुरमा प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र रहेका छन्। जिल्लामा कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन्। निर्वाचन शान्तिपूर्ण रूपमा जारी रहेको प्रशासनले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.