मकवानपुरको मतगणना साढे १० बजेपछि सुरु हुने

हेटौंडा । मकवानपुरमा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतगणना शुक्रबार बिहान साढे १० बजेपछि सुरु हुने भएको छ। जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमा सम्पन्न मतदानको मतपेटिका गएरातिसम्म हेटौँडा ल्याएपछि शुक्रबार बिहान सर्वदलीय बैठक बसेको थियो। करिब दुई घण्टा चलेको बैठकपछि मतगणना सुरु गर्ने समय तय गरिएको हो।

जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार मतगणना हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा हुने छ।

कार्यालयका अनुसार जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्। तीमध्ये १ लाख ८६ हजार ५५१ मत खसेको छ। मतदान गर्नेमा ९६ हजार ६३४ पुरुष, ८९ हजार ९१२ महिला र अन्य पाँच जना रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर–१ मा ९५ हजार ३१० मत खसेको छ भने निर्वाचन क्षेत्र नम्बर–२ मा ९१ हजार २४१ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.