हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीस्थित आमाघरमा तनाव व्यवस्थापन तथा आत्म हेरचाहसम्बन्धी दुईदिने तालिम कार्यक्रम सम्पन्न भएको छ। मानव अधिकारका लागि महिला एकल महिला समूहको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा मकवानपुर जिल्लाका करिब ४० जना एकल महिलालाई सहभागी गराई तनाव व्यवस्थापन र आत्म हेरचाहका विषयमा ब्रह्माकुमार विजय राज सिग्देलले प्रस्तुतीकरण दिएका थिए।
शारदा चौलागाईंको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा समूहकी प्रदेश उपाध्यक्ष रुकु अधिकारी, आमाघरकी सञ्चालिका ब्रह्माकुमारी संगीता दिदी, आमाघरका कार्यकारी अधिकृत टिकाराम अधिकारी लगायतको उपस्थिति थियो।
कार्यक्रमका क्रममा प्रदेश अधिकृत अप्सरा अर्यालले स्वागत मन्तव्य राख्दै तालिमको उद्देश्य र यसको महत्वबारे प्रकाश पारेकी थिइन्।
प्रतिकृया दिनुहोस्










