बानियाँ सरकारमा एमालेका ६ मन्त्री टुंगो, पाँच नयाँ अनुहार


बागमती प्रदेशमा नेकपा एमालेले इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारका लागि पठाउने ६ मन्त्रीको नाम टुंग्याएको छ। तीमध्ये पाँच जना नयाँ अनुहार रहेका छन् भने एक जना पुरानै मन्त्री पुनः दोहोरिने भएका छन्।

दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापा मगर परेका छन्। उनी पहिले झैं स्वास्थ्य मन्त्रालयकै जिम्मेवारी सम्हाल्ने तय भएको छ।

पार्टीले बाँकी पाँच मन्त्रालयमा नयाँ व्यक्तिहरूलाई अवसर दिएको छ। एमालेले श्रम, रोजगार तथा यातायात मन्त्रालयका लागि काठमाडौंका जयराम थापा, वन तथा वातावरण मन्त्रालयका लागि दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रालयमा काठमाडौंका डा. दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा काठमाडौंकी विन्दु श्रेष्ठको नाम टुंग्याएको हो।

बानियाँको नेतृत्वमा बन्ने सरकारमा एमाले निर्णायक शक्ति रहेको छ, र मन्त्री छनोटमा अनुभव, क्षेत्रगत सन्तुलन तथा राजनीतिक रणनीति समावेश गरिएको देखिन्छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.