कुवेतमा विषाक्त मदिरा सेवनका कारण नौ जना नेपाली श्रमिकको ज्यान गएको पुष्टि

Arabian passenger boat during blue hour next to kuwait tower

कुवेतमा गैरकानुनी रूपमा बिक्री गरिएको विषाक्त मदिरा सेवनका कारण नौ जना नेपाली श्रमिकको ज्यान गएको पुष्टि त्यहाँस्थित नेपाली अधिकारीहरूले गरेका छन्।

जाब्रियास्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार, मेथानोल मिसाइएको सो मदिरा पिएको आशंका गरिएका थप १५ भन्दा बढी नेपाली श्रमिकहरू कुवेतका विभिन्न अस्पतालमा गम्भीर अवस्थामा उपचाररत छन्।

कुवेतको स्वास्थ्य मन्त्रालयका तथ्यांक अनुसार, यस घटनामा १६० जना प्रभावित भएका छन्। मृतकको संख्या २३ पुगेको छ, जसमा अधिकांश एशियाली मूलका मानिसहरू छन्। मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा धेरै पीडितहरूलाई आपतकालीन उपचार आवश्यक परेको र उनीहरूलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको उल्लेख छ।”अनेकलाई भेन्टिलेटरमा राख्नु परेको छ, आपतकालीन डायलिसिससम्म गर्नुपरेको अवस्था छ,” मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

यसअघि पनि खाडी मुलुकहरूमा विदेशी श्रमिकबीच गैरकानुनी रूपमा बनेको रक्सी सेवनका कारण दुर्घटना, अस्पताल भर्ना र मृत्युका घटनाहरू दोहोरिइरहेका छन्। यसले पुनः खाडीमा कार्यरत नेपालीहरूका लागि स्वास्थ्य जोखिम र कानुनी चुनौती दुबैलाई सतहमा ल्याएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.