अलपत्र परेका सवारी साधनलाई हेटौंडाबाट छुटाइयो

मकवानपुर । शुक्रबार बेलुकादेखि परेको अविरल वर्षाका कारण  हेटौंडा–काठमाडौं सडकखण्डमा अलपत्र परेका सवारी साधन आइतबार बिहानबाट छुटाइएका छन्।

हेटौंडा–१ चौकीटोलस्थित प्रहरी चौकीमा रोकिएका सवारी साधनहरू आइतबार बिहानबाट छोडिएको मकवानपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिए। उनका अनुसार, बाटो पूर्णरूपमा खुलाइएको भने छैन, तर हिजोदेखि अलपत्र परेका सवारी साधनलाई मात्र हिँड्न दिइएको हो।

लगातारको वर्षाको कारण अवरुद्ध भएपछि हेटौंडाबाट काठमाडौं जाने  सवारी साधनहरू चौकीटोल क्षेत्रमै थुनिएका थिए। अवस्था सामान्य नहुँदासम्म सावधानी अपनाउन र आवश्यक भएमा यात्रा नगर्न समेत प्रहरीद्वारा आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.