पहिरोले सिमात घुम्ती सडक खण्ड पूर्णरूपमा अवरुद्ध

मकवानपुर । मकवानपुर जिल्लाको बकैया गाउँपालिका–११ स्थित सिमात घुम्ती क्षेत्रमा शनिबार राति ठूलो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। लगातारको वर्षापछि खसेको पहिरोले बकैया भित्रको प्रमुख सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार, पहिरो शनिबार राती  खसेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले घटनाको पुष्टि गर्दै सम्बन्धित निकायसँग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.