वडा अध्यक्ष नवीन सिग्देलको आह्वान;”भ्रष्टाचारको अन्त्य आफैंबाट सुरु गरौं”

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले भ्रष्टाचार विरुद्धको अभियान आफैंबाट सुरु गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै अध्यक्ष सिग्देलले नेताहरूप्रति व्यंग्यात्मक तर स्पष्ट सन्देश दिँदै गफले होइन, व्यवहारले भ्रष्टाचार निर्मूल गर्नु पर्ने बताएका छन्।

“भ्रष्टाचार गफबाट होइन, व्यवहारबाट निर्मूल गर्ने हो,” उनले लेखेका छन्।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व अर्थसचिव रामेश्वर खनाल र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले उक्त पदमा पुग्दा कसलाई कति बुझाए सार्वजनिक गर्दै आफ्नो कार्यकालमा उक्त छेत्र भ्रष्टाचार मुक्त थियो भनेर दाबी गर्न सक्छन ? उनले प्रश्न गर्दै त्यही बाट छानबिन सुरु गर्न आग्रह गरेका छन् ।

सिग्देलले न्यायपालिका, अर्थ मन्त्रालय र सरकारी निकायहरू भ्रष्टाचारमुक्त रहेको दाबी गर्न सक्ने स्थिति सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “पदीय दुरुपयोग गरी कुनै पनि भ्रष्टाचार, अनियमितता र अपचलन हामी कसैलाई स्वीकार्य छैन।”

“जसले जसलाई जे पनि आरोप लगाउने, अत्यन्तै तल्लो स्तरबाट होच्याउने प्रवृत्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्छ,” अध्यक्ष सिग्देलको भनाइ छ।

त्यस्तै, उनले भाद्र २३ गतेको हत्याकाण्डको निष्पक्ष छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। साथै, भाद्र २४ गते भएको सार्वजनिक तथा निजी सम्पत्तिमाथिको तोडफोडमा संलग्नहरूलाई कारबाही गरी क्षतिपूर्ति असुल गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.