बदलियो कांग्रेसको दिशा: बहादुरसिंह ओझेलमा, बानियाँ उज्यालोमा

बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामाको पक्षमा जम्मा १५ मत मात्रै पर्‍यो भने, विपक्षमा २२ मत खसेको छ। यो जानकारी नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री सुरजचन्द्र लामिछानेले दिएका हुन्।

यस घटनासँगै लामाले संसदीय दलको नेताका रूपमा समर्थन गुमाएका छन्। नेपाली कांग्रेसका असन्तुष्ट सांसदहरू लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदै उनको विकल्पका रूपमा प्रदेश सभाका सदस्य तथा पार्टीका प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नाम अघि सारेका छन्।

२९ सदस्यीय संसदीय दलमा बानियाँ पक्षमा बहुमत अर्थात् २२ सांसद उभिएपछि लामामाथि नैतिक र राजनीतिक रूपमा मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब बढेको छ। उनी पदबाट हट्ने कि हटाइने भन्ने बहस तीव्र बनेको छ। अब बानियाँलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी कांग्रेसभित्र सुरु भइसकेको देखिन्छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.