बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले मंगलबार दिउँसो ४ बजे विश्वासको मत लिन तय गरे पनि नेपाली कांग्रेसभित्रको असन्तुष्ट पक्षले प्रस्ताव केही दिन पर सार्न आग्रह गरेको छ।
निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामापक्षका १४ सांसदले पूर्व सहमति अनुसार तीन मन्त्रीको नियुक्ति नगरेसम्म समर्थन नदिने चेतावनी दिएका छन्। लामाले मंगलबार २ बजे पत्रकार सम्मेलन गर्दै आफ्नो अडान सार्वजनिक गर्ने भएका छन्।
गत साउन २० मा कांग्रेस–एमाले गठबन्धनबाट मुख्यमन्त्री बनेका बानियालाई सुरुमा ६४ सांसदको समर्थन थियो। तर आन्तरिक विवादका कारण उनको बहुमतमा संकट देखिएको छ।
प्रतिकृया दिनुहोस्











