हेटौंडामा खुकुरी प्रहार: एक जना घाइते, आरोपी फरार

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० स्थित फरेष्टीगेट अगाडि सोमबार साँझ करिब ६ बजे एक व्यक्तिमाथि खुकुरी प्रहार भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार,अन्दाजी ३४/३५ वर्षका मकवानपुरगढी गाउँपालिका–५ निवासी प्रेम घिमिरेमाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका हुन्।

प्रहरीका अनुसार घिमिरे गाडी रोक्दै गर्दा एक अज्ञात व्यक्ति आएर अचानक खुकुरी प्रहार गरी फरार भएका थिए।

घिमिरेको अवस्था मध्यम रहेको जनाइएको छ भने प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई भरतपुर रेफर गरिएको डिएसपी अर्यालले जानकारी दिनुभयो ।

प्रहरीले घटनाका दोषी पहिचान तथा पक्राउ गर्न खोजी कार्य तीव्र पारेको छ।

 

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.