मकवानपुरमा मोटरसाइकल ठक्करबाट पैदल यात्रीको मृत्यु

हेटौंडा । मकवानपुरमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहिबार बिहान करिब ६:३० बजे हेटौंडा–४ कर्रा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा पशुपतिनगरबाट हेटौंडातर्फ आउँदै गरेको ना.३८प ५८५० नं.को मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको हो।

ठक्करबाट पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हाल हेटौंडा–१० कर्रामा बसोबास गर्ने ५५ वर्षीया खुइली डोम गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि ६:४२ बजे हेटौंडा अस्पताल पुर्‍याइए पनि उपचारको क्रममा ६:५० बजे मृत्यु भएको अस्पतालमा खटिएका चिकित्सकले जानकारी दिएका छन्।

घटनास्थलमा तत्कालै प्रहरी टोली खटिएको र दुर्घटनामा संलग्न मोटरसाइकल तथा बारा सिम्रनगढ नगरपालिका -११ का २५ वर्षीय चालक सुनिल ठाकुर लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मृतकको शव हेटौंडा अस्पतालमै राखिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.