गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । इन्डियन आइडलको उपाधि जितेर अन्तर्राष्ट्रियस्तरमा परिचित बनेका तामाङको आज दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो ।
इन्डियन आइडलको उपाधि जितेपछि तामाङ नेपालमा पनि अत्यन्त लोकप्रिय बनेका थिए । उनका स्वरमा रहेका थुप्रै नेपाली गीतहरू श्रोतामाझ चर्चित छन् । गायनसँगै अभिनयमा पनि सक्रिय उनले चलचित्र परदेशीमार्फत नेपाली चलचित्रमा अभिनय गर्न शुरु गरेका थिए । तामाङले सलमान खान अभिनीत फिल्म ‘ब्याटल अफ गलवान’ मार्फत बलिउडमा डेब्यू गरेका थिए ।
तामाङको निधनले नेपाली संगीत र कला क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको छ ।
प्रतिकृया दिनुहोस्










