हेटौंडामा ११ किलोभन्दा बढी गाँजासहित दुई युवक पक्राउ

 

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टबाट प्रतिबन्धित लागू औषध गाँजासहित दुईजना पक्राउ परेका छन्।

बिहीबार दिउँसो करिब २ः१५ बजे पूर्व–पश्चिम सडकखण्डमा सवारी साधन चेकजाँचका क्रममा चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख १६१७ नम्बरको यात्रुबाहक बसमा सवार दुई जनालाई शंकाको आधारमा खानतलासी गरिएको थियो। सो क्रममा उनीहरूको झोलाभित्र लुकाइछिपाइ ल्याइएको ११ किलो १३० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–१२ का १९ वर्षीय निसान प्रजा र १८ वर्षीय सागर प्रजा रहेका छन्। बरामद गरिएको गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद थप अनुमति लिएर उनीहरूमाथि लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.