हेटौंडामा ‘आई अप्टिक केयर सेन्टर’ सञ्चालनमा
प्रोपाइटर सुदिप ठकुरीको नयाँ पहल

हेटौंडा । आँखा तथा दृष्टिसम्बन्धी सेवामा लामो अनुभव रहेका सुदिप ठकुरीले हेटौंडा–४, स्कुलरोडमा नयाँ ‘आई अप्टिक केयर सेन्टर’ सञ्चालनमा ल्याएका छन्। केही समय अघि मात्र सेवा प्रारम्भ गरिएको यो अप्टिक सेन्टर आधुनिक सुविधा र गुणस्तरीय सेवासहित संचालनमा आएको हो।

ठकुरी विगत १७ वर्षदेखि हेटौंडा–१० मा ‘शान्ति अप्टिकल’ सञ्चालन गर्दै आइरहेका छन्। त्यही अनुभवको आधारमा उनले स्कुलरोडमा समेत नयाँ शाखा स्थापना गरी सेवा विस्तार गरेका हुन्।

‘आई अप्टिक केयर सेन्टर’ मार्फत चस्मा, दृष्टि परीक्षण लगायतका नियमित सेवासँगै आँखाको उपचारसमेत उपलब्ध गराइनेछ। आँखा विशेषज्ञद्वारा आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरिनेछ।

गुणस्तरीय सेवा, अनुभवी हात, र आधुनिक उपकरणसहित सञ्चालनमा ल्याइएको यो केन्द्र दृष्टि समस्याबाट ग्रसित व्यक्तिहरूका लागि भरपर्दो गन्तव्य बन्ने ठकुरीको विश्वास छ।

विशेषतः आर्थिक अवस्था कमजोर भएका सेवाग्राहीलाई लक्षित गर्दै प्रोपाइटर ठकुरीले सामाजिक उत्तरदायित्वअनुसार निशुल्क सेवा पनि प्रदान गर्दै आएका छन्। उनले भने, “जो आर्थिक अभावका कारण उपचार गर्न सक्दैनन्, तीलाई हामीले निःशुल्क रूपमा उपचार र चस्मा उपलब्ध गराउँदै आएका छौं।”

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.