हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ नम्बर वडा कार्यालयले हेटौंडा–९ स्थित सिआन पुनर्स्थापना केन्द्रलाई सिसी क्यामेरा हस्तान्तरण गरेको छ।
मंगलबार आयोजित कार्यक्रममा वडा अध्यक्ष विष्णु गोपाल महर्जनले केन्द्रलाई क्यामेरा हस्तान्तरण गरेका हुन्।
वडा कार्यालयले करिब ५० हजार रुपैयाँ बराबरका ४ वटा सिसी क्यामेरा तथा आवश्यक सेट उपलब्ध गराएको जनाएको छ।
यस सहयोगले पुनर्स्थापना केन्द्रको सुरक्षा व्यवस्थापनमा थप मजबुती आउने विश्वासले हस्तान्तरण गरिएको अध्यक्ष महर्जनले बताए।
प्रतिकृया दिनुहोस्











