हेटौंडाबाट लागुऔषधसहित ४ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।
प्रहरीले लागुऔषधसहित शुक्रबार र शनिबार छुट्टाछुट्टै स्थानबाट ४ जनालाई पक्राउ गरेको हो।

शुक्रबार हेटौंडा -२ लोकप्रिय चोकस्थित गणेश मन्दिर अगाडीबाट मनहरी गाउँपालिका- १ घर भई हाल हेटौंडा -२ गणेश मन्दिर नजिक डेरा कोठा गरी बस्ने वर्ष २० को सुरेश थिङ र सोही स्थान बस्ने वर्ष १९ को सुजत थिङलाई खानतलासी गर्ने क्रममा निजहरुको साथबाट १५७ क्याप्सुल लागूऔषध ट्रामाडोल फेला परेको जिल्ला प्रहरीले कार्यालय मकवानपुरले जनाएको छ।

त्यसैगरी शनिबार हेटौंडा – ५ पिप्लेचोकस्थित कान्तीराज लोकपथ सडक खण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा शान्ती टोलबाट पिप्ले चोकतर्फ आउदै गरेको ना. ३५ प ६७१२ नम्बरको स्कुटर चालक हेटौंडा -५ बस्ने वर्ष २१ को बिशेष शाक्य र सोही मोटरसाइकल पछाडी सवार भई आएका हेटौंडा -६ बस्ने वर्ष ३८ को सुवास चौलागाईलाई रितपुर्वक खानतलासी गर्ने क्रममा निजहरुको साथबाट ५२० मिलि ग्राम लागूऔषध खैरोहेरोईन फेला परेको थियोे ।

उक्त लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिइ लागूऔषध कसुर मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौडाबाट म्याद लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.