आज सेप्टेम्बर २९ तारिख, अर्थात विश्व मुटु दिवस । हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्वभर विश्व मुटु दिवस मनाइँदै आइरहेको छ। मुटु हाम्रो शरीरको एक सानो तर अत्यन्तै महत्त्वपूर्ण अङ्ग हो, जसले जन्मदेखि मृत्युसम्म रगतलाई पम्प गरी सम्पूर्ण शरीरमा पु(याइरहन्छ। यही मुटु नै स्वस्थ जीवनको आधार हो।
सन् २०१२ मा विश्व स्वास्थ्य सङ्गठन ९ध्ज्इ० लगायतका अन्तर्राष्ट्रिय संस्थाहरू र विभिन्न देशका सरकार प्रमुखहरूले सन् २०२५ सम्म विश्वभरका नसर्ने रोग का कारण हुने मृत्यु दरलाई २५ प्रतिशतले घटाउने साझा लक्ष्य तय गरेका थिए। तर तथ्याङ्कअनुसार हरेक वर्ष करिब २ करोड मानिस मुटु सम्बन्धी रोग, हृदयाघात र अन्य हृदयसम्बन्धी जटिलताका कारण ज्यान गुमाइरहेका छन्। यसैले हृदय रोगलाई विश्वमै ‘नम्बर एक हत्यारा’ का रूपमा लिइन्छ।
यस वर्षको विश्व मुटु दिवस २०२५ को नारा “डन्ट मिस अ बिट” रहेको छ। यस नाराले हरेक मानिसलाई आफ्नो मुटु स्वास्थ्यप्रति सजग रहन र प्रियजनसँग बिताउने क्षणलाई बचाउन स्मरण गराउँछ। मुटु रोगले गुमाइने अनमोल जीवन र अनुभवलाई रोक्न स्वस्थ जीवनशैली अपनाउनु जरुरी छ।स्वस्थ आहार, नियमित व्यायाम, धूम्रपान र मदिराबाट टाढा रहनु, मानसिक सन्तुलन कायम राख्नु र नियमित स्वास्थ्य परीक्षण गर्नु मुटु स्वास्थ्यका आधारभूत उपायहरू हुन्।
विश्व मुटु दिवसको अवसरमा हामी सबैले आफ्नै मुटु छामेर सोच्न जरुरी छ—हामी कत्तिको मुटुमैत्री जीवनशैली अपनाइरहेका छौँरु परिवार र समुदायका अन्य सदस्यहरूको हृदयलाई पनि सुरक्षित राख्न हाम्रो साझा जिम्मेवारी हुन्छ।










