हुलास स्टिल इण्डष्ट्रिजद्वारा सिआन पुनर्स्थापना केन्द्रलाई स्टिल रूफिङ सामग्री सहयोग

हेटौंडा । बाराको सिमरास्थित दिवाकर गोल्छा फाउण्डेशन मार्फत हुलास इस्टिल ईण्डष्ट्रीज लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सिआन पुनर्स्थापना केन्द्रलाई करिब दुई लाख रुपैयाँ मूल्य बराबरको स्टिल रूफिङ सिट (जस्ता पाता) सहयोग गरेको छ।

सोमबार आयोजित कार्यक्रममा हुलास स्टिलका प्रशासन प्रमुख रवीन्द्र पण्डितको पहलमा केन्द्रका प्रतिनिधि अनुप भुजेल, रोशन सिल्वाल, मनिश मान श्रेष्ठ र राहुल सुवेदीलाई सामग्री हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा पण्डितले हुलास स्टिलले समाजको उत्थान र पुनर्स्थापनाका लागि निरन्तर योगदान दिइरहेको बताउँदै, सिआन पुनर्स्थापना केन्द्रले युवालाई लागुपदार्थको दुरुपयोगबाट मुक्त गर्दै सकारात्मक जीवनतर्फ अग्रसर गरिरहेको भूमिकाको प्रशंसा गरे।

सिआनका प्रतिनिधिहरूले सहयोगलाई प्रेरणादायी भन्दै नशामुक्त, स्वस्थ र उत्पादक समाज निर्माणको अभियानमा यस्ता समर्थनले थप हौसला प्रदान गर्ने बताएका छन्।

सिआन पुनर्स्थापना केन्द्रले विगत एक दशकदेखि लागुपदार्थ प्रयोगकर्ताहरूको उपचार, परामर्श र पुनःएकीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.