हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–१, कोलगैरी ठकुरीडाँडामा शुक्रबार बिहान भएको गोलीकाण्डमा ६४ वर्षीय ठुले गोलेको ज्यान गएको छ। पुरानो आपसी मनमुटावकै कारण ७५ वर्षीय इमानसिंह थोकरले गोलेमाथि गोली चलाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनापछि फरार रहेका थोकरलाई प्रहरीले दिउँसो करिब ४ बजे घटनास्थलबाट एक किलोमिटर पूर्व, कोलगौरी क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो। उनलाई पक्राउ गर्दा कटुवा पेस्तोल, दुई राउन्ड जिउँदो गोली, एक खोका र लगभग १९० ग्राम बारुदजस्तो पदार्थ समेत बरामद गरिएको बताइएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ र पक्राउ परेका थोकरमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रतिकृया दिनुहोस्










