लागुऔषध खैरोहिरोइनसहित एक व्यक्ति पक्राउ

मकवानपुर । लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब १० बजे हेटौंडा–१० कर्रा क्षेत्रमा विशेष सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा ३७ वर्षीय हर्कबहादुर क्षेत्री पक्राउ परेका हुन्।

प्रहरीले पैदल हिँडिरहेको अवस्थामा उनलाई रोकेर चेकजाँच गर्दा उनको साथबाट ७ ग्राम ५४० मिलिग्राम खैरो हिरोइन (प्लास्टिकसहित तौल) फेला परेको जनाएको छ।

उनी बसेको कोठाबाट २ थान फलामका रड पनि बरामद गरिएको प्रहरीले बताएको छ।

पक्राउ परेका क्षेत्रीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब २ किलोमिटर दक्षिण पर्छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.