मकवानपुरमा फरार प्रतिवादी पक्राउ

 

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैंकिङ् कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट ३ वर्ष कैद सजाय र रु ३०,००० जरिवाना तोकिएको भए पनि हालसम्म फरार रहेका हेटौंडा–१५ बस्ने ३१ वर्षीय रिजय कुमार लामालाई बिहीबार पक्राउ गरिएको हो।

फरार अभियुक्तको खोजतलासका क्रममा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.