हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरी भइ हराएको एक स्कुटरसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार हेटौंडा–२ का ६० वर्षीय सुमनलाल श्रेष्ठको नाममा दर्ता भएको ना १८ प ५३३८ नम्बरको स्कुटर वडानं. १० स्थित गोरक्षेश्वर मन्दिरबाट २०८२।०८।०३ गते बिहान करिब ५:४० बजे चोरी भएको भन्ने उजुरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
उक्त स्कुटरसहित हेटौंडा–९ बस्ने ३७ वर्षीय रितेश श्रेष्ठलाई फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। उनलाई चोरी मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्









