हेटौंडा  लेडी जेसीज २०२६ का लागि अध्यक्षमा नम्रता श्रेष्ठ चयन

हेटौंडा । हेटौंडा लेडी जेसीजको आगामी वर्ष २०२६ का लागि जेसी नम्रता श्रेष्ठ निर्विरोध अध्यक्ष चयन भएकी छिन्।

 उनले आफ्नो जेसीज यात्रा वर्ष २०२० मा साधारण सदस्यका रूपमा सुरु गरेपछि क्रमशः २०२२ मा तालिम संयोजक, २०२३ मा उपाध्यक्ष, २०२४ मा कार्यकारिणी उपाध्यक्ष तथा २०२५ मा महासचिवको जिम्मेवारी सफलतापूर्वक सम्हाल्दै नेतृत्व क्षमतामा निरन्तर निखार ल्याउँदै आएकी छन्।

नव–निर्वाचित अध्यक्ष श्रेष्ठले २०२६ मा नेपाल जेसीजको आयोजना र हेटौडा लेडी जेसीजको आतिथ्यमा हुने क्षेत्र ‘ख’ सम्मेलनलाई भव्य र सफल बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन्। उनले शाखाले अघि बढाइरहेको सकारात्मक, प्रभावकारी र समुदायमुखी कार्यलाई निरन्तरता दिनु आफ्नो प्रमुख लक्ष्य रहेको समेत उल्लेख गरिन्।

यस्तै, वर्ष २०२६ का लागि अन्य पदाधिकारीहरू पनि चयन गरिएको छ। कार्यकारिणी उपाध्यक्षमा जेसी दिप्ति अधिकारी मिश्र र जेसी कुशु पण्डित चयन भएका छन्। उपाध्यक्षहरूमा जेसी संजिता घलान, जेसी समिरा परियार, जेसी सृष्टि चौलागाई तथा जेसी चन्दकला सिंह चयन भएका छन्।

हेटौंडा  लेडी जेसीजले आगामी वर्ष अझ प्रभावकारी कार्यक्रम, सशक्त नेतृत्व विकासका अवसर र समुदायमुखी गतिविधिसहित अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.