मकवानपुरमा अवैध नदीजन्य पदार्थ उत्खननकर्मी पक्राउ

 

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा–१० स्थित त्रिवेणीधामबाट अवैध रूपमा ढुंगा–बालुवा उत्खनन तथा ओसारपसार गर्ने ३ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

बिहीबार दिउँसो ३:३० बजेतिर जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ना.५ त ५६६८, ना ६ त १३३, र बा.प्र. ०३–००१ त ३९९ नम्बरका ट्र्याक्टरसहित चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले  जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.