मकवानपुरमा ६६ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

 

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६६ किलो १० ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार शुक्रबार राति करिब ८ बजे इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–८ युक्ती खोलाको किनारमा पिठ्युँमा भारी बोकी हिँडिरहेका व्यक्तिहरूलाई शंकास्पद अवस्थामा देखी नियन्त्रणमा लिएको हो।

खानतलासी गर्ने क्रममा उनीहरूले बोकी ल्याएको बोराबाट ६ पोकामा प्याक गरिएको ६६ किलो १० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका–८ क्याङराङ बस्ने ४१ वर्षीय मनिकलाल प्रजा, सोही स्थानका १९ वर्षीय दिपक भन्ने थोमा प्रजा र १९ वर्षीय सागर तामाङ रहेका छन्।

बरामद गरिएको गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.