मकवानपुर–१ बाट राप्रपा नेता दीपकबहादुर सिंहको उम्मेदवारी दर्ता

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा निवर्तमान सांसद दीपकबहादुर सिंहले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सिंहले मंगलबार हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र बुझाएका हुन्। उम्मेदवारी दर्ताका क्रममा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थितिसहित र्‍याली निकालिएको थियो।

मनोनयनपछि प्रतिक्रिया दिँदै सिंहले अघिल्लो निर्वाचनमा मतदाताबाट पाएको विश्वास यसपटक पनि कायम रहने दाबी गरे। उनले क्षेत्रको विकास, सुशासन र जनताका मुद्दालाई प्राथमिकतामा राखेर आफूले काम गरेको उल्लेख गर्दै पुनः विजयी हुने विश्वास व्यक्त गरे।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिंहले नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ र नेकपा एमालेको चुनाव चिह्नबाट उम्मेदवार बनेका कमल थापालाई पराजित गर्दै संघीय संसदमा प्रवेश गरेका थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.