खैरो हेरोइनसहित ६ जना पक्राउ

 

हेटौंडा । मकवानपुर प्रहरीले ७ ग्राम २०० मिलिग्राम खैरो हेरोइन प्रतिबन्धित लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ।

आइतबार जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँच तथा खानतलासीका क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला परेपछि बरामद गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा हेटौंडा–२ निवासी २१ वर्षीय विकास परियार रहेका छन्। उनको साथबाट ३ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको छ। त्यस्तै हेटौंडा–४ निवासी २१ वर्षीय विनोद ढुंगानाबाट ३ ग्राम लागूऔषध फेला परेको छ।

हेटौंडा–११ निवासी २२ वर्षीय छिरिङ लो र हेटौंडा–१९ निवासी २९ वर्षीय विनोद राज जिम्बाको साथबाट २५०–२५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी हेटौंडा–१७ ठूले गंगटे निवासी २४ वर्षीय योएल प्रजा र सोही स्थान निवासी २९ वर्षीय प्रेम बहादुर प्रजाको साथबाट २०० मिलिग्राम लागूऔषध फेला परेको छ।

पक्राउ परेका व्यक्तिहरूलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.