सिआनमा लागुऔषध नियन्त्रण र सामाजिक पुनएकीकरण विषयक अन्तरक्रिया सम्पन्न

 

हेटौँडा । मकवानपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार तथा पूर्व राज्य ऊर्जा मन्त्री दीपक बहादुर सिंह, मकवानपुर जिल्ला प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सरस्वति थिंङ तथा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष किशोर खत्रीको उपस्थितिमा सिआन पुनर्स्थापना केन्द्रमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको सभाअध्यक्षता सिआन पुनर्स्थापना केन्द्रका अध्यक्ष मन क्षेत्रीले गरेकी थिइन्।

अन्तरक्रियामा लागुऔषध दुव्र्यसन नियन्त्रण, पुनर्स्थापना सेवा सुदृढीकरण, समुदाय–सरकार सहकार्य तथा पुनर्स्थापित व्यक्तिहरूको सामाजिक पुनएकीकरण जस्ता महत्वपूर्ण विषयमा सार्थक छलफल भएको थियो। सहभागीहरूले पुनर्स्थापना क्षेत्रलाई अझ प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधार, स्रोत व्यवस्थापन र सरोकारवालाबीच समन्वय अपरिहार्य रहेको धारणा राखेका थिए।

कार्यक्रममा उपस्थित अतिथिहरूले पुनर्स्थापना क्षेत्रमा आवश्यक नीतिगत सहयोग, समन्वय तथा निरन्तर साथ–सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले लागुऔषध दुव्र्यसन विरुद्धको अभियानलाई समुदायस्तरबाटै सशक्त बनाउँदै पुनर्स्थापित व्यक्तिहरूको सम्मानजनक सामाजिक पुनएकीकरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।

सिआन पुनर्स्थापना केन्द्रले सामाजिक उत्तरदायित्व, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहप्रति प्रतिबद्ध रहँदै समुदायमा सकारात्मक परिवर्तनका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.