चपस मकवानपुरको अध्यक्षमा पुनः खड्का निर्वाचित

मकवानपुर । चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको १४औँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कपिल खड्कालाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा रविन्द्र गौतम चयन भएका छन् भने सचिवमा मनोज देवकोटा, सहसचिवमा मन्जिता मैनाली र कोषाध्यक्षमा सन्नु रिजाल चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा दर्शन क्षेत्री, अन्जना न्यासुर, मनिता राना र रामकुमार दानी चयन भएका छन्।

कार्यक्रममा बोल्दै सहभागीहरूले चलचित्र पत्रकारिताको विकास, पेशागत मर्यादा तथा संस्थागत सुदृढीकरणमा जोड दिएका थिए। नव-निर्वाचित कार्यसमितिले पत्रकारहरूको हकहित संरक्षणसँगै चलचित्र क्षेत्रको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.