दुई सातादेखि बेपत्ता थिङ जंगलमा मृत फेला

मकवानपुर । दुई सातादेखि हराइरहेका रक्सिराङ गाउँपालिका–५ का ६१ वर्षीय कामी सिंह थिङ मृत अवस्थामा फेला परेका छन्। उनको शव शनिबार दिउँसो मनहरी गाउँपालिका–७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ठुलोखोल्सी क्षेत्रमा भेटिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।
प्रहरीका अनुसार थिङ मानसिक समस्या भोग्दै आएका थिए। उनी फागुन २९ गतेदेखि घरबाट बेपत्ता भएपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए। केही दिनअघि नै मृत्यु भएको जस्तो सडेगलेको अवस्थामा भेटिएको शवलाई उनका छोरा अमनबहादुर थिङले सनाखत गरेका हुन्।
घटनास्थलमा कुनै शंकास्पद अवस्था वा गतिविधि नदेखिएको प्रहरीले जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.