आधारभूत सिलाइ तथा कटाइ तालिम सम्पन्न, सहभागी किशोरीलाई सिलाइ मेसिन वितरण

हेटौंडा । आधारभूत सिलाइ तथा कटाइ तालिम सम्पन्न भएको छ। बिहीबार नारी संरक्षण केन्द्रको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको समन्वय र फ्रेन्ड्स अफ डब्लु.पि.सि. नेपालको सहयोगमा सञ्चालित तालिम सम्पन्न भएको हो।

तीन महिनासम्म सञ्चालन गरिएको उक्त तालिममा मनहरी गाउँपालिका र कैलाश गाउँपालिकाका ८ जना किशोरीहरूको सहभागिता रहेको थियो। तालिम समापन कार्यक्रममा सहभागीहरूलाई दुई समूहमा विभाजन गरी दुई वटा सिलाइ मेसिनसमेत वितरण गरिएको आयोजकले जनाएको छ।

हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नारी संरक्षण केन्द्रकी अध्यक्ष सभा दिपा गुरुङको सभाध्यक्षता रहेको थियो।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरका जिल्ला अध्यक्ष रमिला सापकोटा, मानव अधिकार संगठनकी अध्यक्ष शर्मिला श्रेष्ठ, माइती नेपालकी कार्यक्रम संयोजक माया लामा तथा हिमराइट्स मकवानपुरकी संयोजक कुमारी वाइबाको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले सिलाइ तथा कटाइ तालिमले किशोरीहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनीहरूले सीपमूलक तालिमले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

तालिमका प्रशिक्षक शशी रास्थला र दिव्यस्वरी श्रेष्ठले सहभागीहरूलाई आधारभूत सिलाइ तथा कटाइसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरेका थिए। नारी संरक्षण केन्द्रले विगत १६ वर्षदेखि सिलाइ तालिम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.