हेटौंडामा ट्रकको ठक्करबाट प्रहरी कर्मचारीको मृत्यु

हेटौंडा । हेटौंडामा ट्रकको ठक्करबाट एक प्रहरी कर्मचारीको मृत्यु भएको छ।
मृत्यु हुनेमा नुवाकोटको तादी गाउँपालिका–६ घर भएका ३६ वर्षीय श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बैशाख २१ गते सोमबार बिहान करिब ८ बजे थानाभर्‍याङ स्थित पूर्व–पश्चिम सडक खण्डमा दुर्घटना भएको हो। नवलपुरतर्फबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.प्र.०३–००५ प १४१५ नम्बरको स्कुटरलाई सोही दिशाबाट पछाडिबाट आउँदै गरेको ना ५ ख ५२५२ नम्बरको फलाम लोड ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

श्रेष्ठ नेपाल प्रहरी विशेष सुरक्षागण रातोमाटे मकवानपुरमा कार्यरत थिए। दुर्घटनामा घाइते भएका श्रेष्ठलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारकै क्रममा बिहान ८:२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न स्कुटर, ट्रक तथा ट्रक चालक बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२ निवासी २४ वर्षीय रन्जित कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.