मनहरीका स्थानीयलाई गाउँघरमै राहदानी र राष्ट्रिय परिचयपत्र

मनहरी । नेपाल सरकारको सरकारी सेवा सुधारसम्बन्धी कार्यक्रमअन्तर्गत घरदैलो सेवा अवधारणा लागू गर्दै मकवानपुरको मनहरी गाउँपालिकाबाट राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका कर्मचारीसहित जनप्रतिनिधिसमेतको उपस्थितिमा गाउँपालिका कार्यालय लामिटार ब्लकबाट राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।

२०८० असार मसान्तसम्म जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई राष्ट्रिय परिचयपत्रको आवेदन दिएका मनहरी स्थायीबासी र हालसम्म राहदानीका लागि आवेदन दिएकाहरुको राहदानी वितरण गर्न जिल्ला प्रशासनको टोली मनहरी पुगेको थियो । गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलगायतको उपस्थितिमा १४ जनालाई राष्ट्रिय परिचयपत्र र २८ जनालाई राहदानी वितरण गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा २०८० असोज मसान्तसम्म राष्ट्रिय परिचयपत्रको आवेदन दिएका करिब ७ हजार जना र हालसम्म राहदानीका लागि आवेदन दिएका ८८ जनाको प्रमाणपत्र बोकेर जिल्ला प्रशासनको टोली मनहरी पुगेको थियो ।

सेवा वितरणलाई सहज, छिटो र प्रविधिमैत्री बनाउने उद्देश्यले सरकारले घरदैलो सेवाको अवधारणा ल्याएको थियो । सो अवधारणा कार्यान्वयन गर्दै राष्ट्रिय परिचयपत्र र राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न गाउँमै पुगी वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गाउँबाटै राष्ट्रिय परिचयपत्र र राहदानी वितरण गरिनेबारेको सूचना वडा कार्यालयमार्फत टोल टोलमा पु¥याइएको थियो । राहदानी वितरणका लागि प्रत्यक व्यक्तिलाई फोनमार्फत गाउँपालिकामा राहदानी लिन आउन सूचना गरिएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.