हेटौंडामा सालको काठसहित गाडी नियन्त्रणमा

हेटौंडा । मकवानपुर प्रहरीले अवैध सालको काठ बोकेको गाडी नियन्त्रणमा लिएको छ ।
शुक्रबार बिहान १ः४० बजे चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको बा.२० च १८६१ नम्बरको योद्धा गाडीलाई हेटौंडा–५ क्याम्पाडाँडास्थित रोकि चेकजाँच गर्ने क्रममा गाडी भागेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरी टोलीले गाडीलाई पछ्याउँदै हेटौंडा–२ सानोपोखरा चोकस्थित भित्री सडकखण्डबाट नियन्त्रणमा लिन सफल भएको हो। गाडी नियन्त्रणमा लिने क्रममा चालक भने फरार भएका छन्।

प्रहरीले गाडी तलासी गर्दा त्रिपालले छोपी लुकाइ राखिएको अवस्थामा ४१ थान सालको काठ बरामद गरेको जनाएको छ। बरामद काठको परिमाण ७२.५९ क्युफिट रहेको छ।

बरामद काठसहित गाडीलाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय हेटौंडा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.