हेटौंडा–४ मा सजि ब्युटीपार्लर एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा

 

हेटौंडा । हेटौंडा–४ स्थित अजर अमर रोडमा सजि ब्युटीपार्लर एण्ड ट्रेनिङ सेन्टर  सञ्चालनमा आएको छ । मंगलबार पार्लरको  उद्घाटन प्रोपाइटर सजिता केसीकी ७ वर्षीया छोरी सिमोनी अधिकारीले रिबन काटेर गरेकी हुन् ।

विगत १५ वर्षदेखि हेटौंडा–८ कमानेस्थित बिरेन्द्र मार्गमा सञ्चालन हुँदै आएको सजि मेकअप स्टुडियो नयाँ स्थानमा सारिएको प्रोपाइटर केसीले जानकारी दिइन् । उनका अनुसार करिब २७ लाख रुपैयाँ लगानीमा नयाँ स्टुडियो सञ्चालनमा ल्याइएको हो ।

ब्युटिसियन क्षेत्रमा लामो समयदेखि सक्रिय केसी विभिन्न संघसंस्थामा आबद्ध भई नेतृत्वदायी भूमिकामा समेत रहेकी छन् । उनले हालसम्म करिब २ हजारभन्दा बढी महिलालाई सीपमूलक तालिम प्रदान गरिसकेको बताइन् ।

पार्लर मार्फत विगतदेखि नै महिलाहरुलाई तालिम दिँदै आत्मनिर्भर बन्न प्रेरित गर्दै आएकी केसीले नयाँ स्थानमा पनि तालिम कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिइन् ।

नयाँ शाखा सञ्चालनको अवसरमा उनले जेठ महिनाभर तालिम तथा सेवामा ४० प्रतिशत छुट प्रदान गरिने बताइन् । विशेषगरी सीप सिक्न चाहने तर आर्थिक अभाव भएका महिलाहरुलाई लक्षित गर्दै छुटको व्यवस्था गरिएको उनले उल्लेख गरिन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.